एकातिर एक्काईसौ सताब्दीको विश्व, भूमण्डलीकरणको अवधारणामा अत्याधुनिक सूचना प्रविधिको दौडमा व्यस्त छ, अनि नेपाली राजनीतिले महान फड्को मार्दै संविधान सभाको तयारी तथा लोकतान्त्रिक गणतन्त्र प्राप्तिको अभ्यासमा बामे सर्दै गईरहेको समय छ । अर्कातिर हामी जस्ता तेस्रो विश्वका ग्रामिण नागरिकले आधारभूत आवश्यकता पूरा गर्न गाह्रो भइरहेको बेला परम्परागत रुपमा रहिआएका हाम्रा अमूल्य मानवीय सम्पत्तीहरू भाषा, संस्कृति र इतिहास दिन प्रतिदिन लोप हुँदै गइरहेका छन् । एउटा सानो प्रयासले तपाईहरूको साथ र सहयोग पाएमा व्यक्ति, समाज, देश र मानव जातिकै जीवित इतिहास संरक्षण हुनेछ भन्दै सल्लाह, सुझाव र सहयोगको अपेक्षा सहित एक थुगा फूल (बुङ्वाफोप)को निम्तो अर्पण गर्दछौं ।
![]()
वर्ष १, अङ्क १, २०६४ असार।