पुमा राईहरूको मुख्य बसोबासको केन्द्रमा अवस्थित जन्तेढुङ्गाको हो । यो खोटाङ्ग जिल्ला चिसापानी गा.वि.स.वडा नं. सात, दिप्लुङ्ग गा.वि.स.को सीमानामा पर्दछ । उत्तर पूर्वमा चिसापानी बजार, पश्चिममा दिप्लुङ्ग चाभाखोरा, उत्तर तल चिसापानी–७, पाथीभरा तथा दक्षिणमा दिप्लुङ्ग–६, अल्लेगैह्राको बीचमा उत्तरपूर्वदेखि पश्चिम लमतन्न परेको ठूलो चौरमा दुईवटा ठूला ठूला ढुङ्गाहरू छन् ।

साना–साना ढुङ्गाहरु प्रशस्त नपाइने ठाउँको उच्च भागमा पहाडका घरहरू भन्दा ठूलो जोडी ढुङ्गाहरूले जो कोहीलाई पनि आश्चर्य चकित बनाउँदछ । अझै यी ढु ङ्गाहरूको वीचमा देखिने मानिसहरुका लाम जस्तै, सानासाना ढुङ्गाका लहरहरूलाई गोल्मा राजाको जन्त जाँदा सत्य युगमा अलप भएको भन्ने किंबदन्ती तथा लोकोक्तीले यिनीहरूको बारेमा घोत्लिन करै लाग्छ । प्रत्येक बैसाख र्पूिर्णमा र मंसिर पूर्णिमाको दिन बाटोपट्टीको ढुङ्गाको फेदम रहेको थानमा स्थानीय बासिन्दाहरुले लिङ्गो गाडी पुजा गर्ने चलन छ । सोही दिन त्यहाँ धुमधामसँग मेला लाग्छ । मेलामा साकेला नाच्नेहरू जान्छन् । यो मेला पुमा राईहरूकोबसोबास क्षेत्रमा लाग्ने ठूलो र रमाइलो मेला हो । यस ढुङ्गाको अर्को विशेषता भने ढुङ्गाकै माथिल्लो तलाको काँपामा एकजना राम्ररी सुत्न हुने सुर क्षित ओडार छ ।

किंवदन्ती अनुसार यहाँ गोल्मा रानीलाई जन्तीहरूले राखेका थिए । त्यसकै नजिक एउटा ढोल जस्तै, बज्ने खाल्डो र लोहोरे ढुङ्गा पनि छ । ती ढुङ्गाहरू नै जन्तीहरूको बाजा भएको भन्ने गरिन्छ । यस क्षेत्रको ऐतिहासिक अनुसन्धान, संरक्षण र संवद्र्धन अति आवश्यक छ ।
वर्ष १, अङ्क १, २०६४ असार।