– पी बिराट पुमा राई
सोडिस खाने पानीलाई जीवाणु रहित बनाउने एक सरल र सजिलो प्रविधि हो । यस प्रविधिबाट खानेपानीलाई शुद्ध पार्नलाई एकदेखि दुई लिटरसम्मको प्लाष्टिकको पारदर्शी बोतल र सूर्यको किरण भए पुग्छ । सूर्यको ताप र परावैजनि किरणले पानीमा हुन सक्ने सबै हानिकारक सूक्ष्म जीवाणुहरूलाई नष्ट गर्दछ । यसरी पानी शुद्ध पारेर पिउनाले झाडा, पखाला, आउँ र पानीजन्य रोगहरूबाट बच्न सकिन्छ ।
सोडिस गर्ने तरिकाः
१. एकदेखि दुई लिटरसम्मको पारदर्शी बोतल राम्ररी पानीले सफा गर्ने।
२. सफा गरि सकेको बोतलमा पूरा नभरिने गरि पानी भर्ने ।
३. बिर्को बन्द गरेर २०–३० पटकसम्म तलमाथि हल्लाउने ।
४. त्यसपछि बिर्को खोलेर बोतलमा पूरा पानी हाल्ने ।
५. अब बोतललाई पारिलो घाम लागेको ठाउँमा ६–७ घण्टासम्म ढल्काएर राख्ने । यदि बादल लागेको छ भने दुई दिनसम्म राख्ने । यसरि यो पानी जीवाणुरहित पिउनयोग्य हुन्छ ।

सोडिसको फाईदाहरू
१. सरल घरेलु प्रविधि
२. हानिकारक जीवाणुहरू नष्ट हुने ।
३. पानीको स्वाद राम्रो हुने ।
४. सोडिस गरेको पानी ५–६ दिनसम्म प्रयोग गर्न सकिने ।
५. बोतललाई पुनः प्रयोग गर्न सकिने ।
६. सोडिस सरल र सजिलो छ । सबै घर परिवारले अपनाई प्रयोग गर्न सकिन्छ ।
ध्यान दिनु पर्ने कुराहरू
१. उपयुक्त बोतलको छनौट गर्नु पर्छ । (बढिमा ८ देखि १० से.मी. व्यास भएको पारदर्शी बोतल ।)
२. पारिलो घाम लागेको बेला एकदिन र बादल लागेको बेला दुई दिनसम्म राख्नु पर्छ ।
३. लगातार पानी परिरहँदा सोडिस गर्न कठिन हुन्छ ।
४. पानीमा धमिलोपन हुनुहुन्न ।
५. धेरै लामो अवधीसम्म सोडिस गरेको पानी राखेर पिउन नहुने।
वर्ष १, अङ्क १, २०६४ असार।