– गणेश पुमा चिन्तन
युग निकै अगाडि बढी सकेको छ । यसको दौडाई सँगै विश्वमा नयाँ–नयाँ प्रविधिको विकास गर्ने कार्य जारी छ । यस्तै प्रविधि विकासको सशक्त उपज हो– कम्प्युटर प्रविधि । यसको संक्षिप्त परिचय दिनुपर्दा अंग्रेजीमा ‘Comput’ भनेको हिसाब गर्नु भन्ने हुन्छ । यसमा ‘er’ थपे पछि ‘Computer’ ले हिसाब गर्ने मेसिन भन्ने बुझिन्छ । नेपाली भाषामा कम्प्युटरलाई सुशांक भनिन्छ ।
शुरुमा यो मेसिन हिसाबकिताब गर्नमा प्रयोग गरिएकोले यसलाई कम्प्युटर भनिए पनि हाल यसले हरेक किसीमका कार्यहरु गर्न सक्छ । एकजना वरिष्ठ गणितज्ञ Charles Babbage ले सन १८२३ र १८३३ मा क्रमशः Difference engyne नामका दुईवटा यन्त्रहरुको विकास गरे । आर्थिक कमजोरी र प्राविधिक उपकरणहरूको अभावले यी यन्त्रहरूलाई उसले पूर्णता दिन सकेनन् जत्ति उनले सोचेका थिए। तर उनकै सिद्धान्तलाई निरन्तरता दिदै सन् १९३७ देखि १९४४
सम्मामा अमेरीकाका प्राध्यापक Howard H. Aiken ले Mark I कम्प्युटर को विकास गरी Charles Babbage को सपनालाई साकार बनाए । Mark I लाई पहिलो आधुनिक कम्प्युटर मानिन्छ। आज विश्वमा विकसित सम्पूर्ण कम्प्युटर प्रविधि Charles Babbage को अवधारणा र सिद्धान्तमा आधारित भइ विकसित
भएका हुनाले उनलाई कम्प्युटरका पिता भनेर चिनिन्छ ।
![]()
आजको विकसित सुचना तथा प्रविधिको युगमा कम्प्युटर मानवको एक अपरिहार्य यन्त्रको रुपमा प्रमाणित भइसकेको छ । विद्यालय, क्याम्पस, अस्पताल, बैंक, व्यापार, अनुसन्धान लगायत सम्पूर्ण क्षेत्रमा यो अति आवश्यक हुन्छ । आफ्नो काम छिटो, छरितो, स्पष्ट र विस्वसनिय तरिकाले सम्पन्न गर्नको लागि कम्प्युटर
अनिवार्य भएको हुनाले यसलाई मानिसको अपरिहार्य सहयात्री मानिएको छ ।
विद्वानहरको शव्दमा–“कम्प्युटर एउटा बिद्युतिय यन्त्र हो, जसले तथ्याङ्क लिन्छ, यसलाई प्रशोधन गर्छ, भण्डारण गर्छ र परिणाम दिन्छ ।”
वर्ष १, अङ्क १, २०६४ असार।